जलवायु परिवर्तनको कारण स्वास्थ्यमा पर्ने प्रभाव, प्रतिजैविक प्रतिरोध, अस्वस्थ पारिस्थितिक प्रणाली, मानिस-जनावर-पर्यावरणको असन्तुलित सम्बन्ध, अव्यवस्थित र तीव्र शहरीकरण जस्ता जनस्वास्थ्य चुनौतीवाट सृजित प्रतिकूल रोगजनक गतिशिलता (Diseases Dynamics) को कारण फैलिदै गएका कीटजन्य रोगहरु (Vector Borne Diseases), उपेक्षित उष्ण प्रादेशिक रोगहरु (Neglected Tropical Diseases), जनावरवाट सर्ने रोगहरु (Zoonotic Diseases), उदियमान संक्रामक रोगहरु (Emerging Infectious Diseases) वाट उत्पन्न रोगको भार एवं आर्थिक भार र त्यसवाट सामाजिक विकासमा परेको प्रतिकुल अवस्था सम्बन्धमा “सम्पूर्ण स्वास्थ्य अवधारणा (One Health Approach)” लगायतका अन्य नवीनतम अनुसन्धान विधि अवलम्बन गरी उच्च-गुणस्तर र विश्वसनीय अनुसन्धानात्मक प्रमाणहरूको आधारमा प्रभावकारी जन-स्वास्थ्य सेवाहरु मार्फत स्वास्थ्य प्रणाली सुदृढ गर्ने र “स्वस्थ नेपाली समृद्ध नेपाल” को राष्ट्रिय लक्षमा योगदान गर्ने।
जनस्वास्थ्य प्रणाली सुदृढीकरण: जलवायु परिवर्तन, प्रतिजैविक प्रतिरोध, अस्वस्थ पारिस्थितिक प्रणाली, अव्यवस्थित शहरीकरण जस्ता चुनौतीहरूबाट उत्पन्न रोगजनक गतिशीलता (disease dynamics) लाई सम्बोधन गर्दै स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने। सम्पूर्ण स्वास्थ्य अवधारणा (One Health Approach) को प्रयोग: मानिस-जनावर-पर्यावरणको असन्तुलित सम्बन्धबाट उत्पन्न रोगहरूको रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण स्वास्थ्य अवधारणा (One Health Approach) अवलम्बन गर्ने। उच्च-गुणस्तर अनुसन्धान: नवीनतम अनुसन्धान विधिहरू प्रयोग गरी विश्वसनीय प्रमाण उत्पादन गर्ने र त्यसको आधारमा प्रभावकारी जनस्वास्थ्य सेवा प्रवाह गर्ने। रोग भार/आर्थिक भार न्यूनीकरण: कीटजन्य रोगहरू (VBDs), उपेक्षित उष्ण प्रादेशिक रोगहरू (NTDs), जनावरवाट सर्ने रोगहरू (Zoonoses), तथा उदियमान संक्रामक रोगहरू (EIDs) बाट उत्पन्न रोग तथा आर्थिक भारलाई घटाउने। राष्ट्रिय लक्ष्यमा योगदान: Malaria Elimination, Kala-azar Elimination, Filariasis Elimination, Scrub Typhus Control, Dengue Control, Japanese Encephalitis Control जस्ता राष्ट्रिय लक्ष्य प्राप्ति गर्ने एवं प्रभावकारी जनस्वास्थ्य कार्यक्रम मार्फत “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय लक्ष्य हासिल गर्ने।
नेपालमा कीटजन्य रोगहरु (Vector Borne Diseases), उपेक्षित उष्ण प्रादेशिक रोगहरु (Neglected Tropical Diseases), जनावरवाट सर्ने रोगहरु (Zoonotic Diseases), उदियमान संक्रामक रोगहरु (Emerging Infectious Diseases) को रोकथाम, नियन्त्रण र उन्मूलनको लागि सर्भिलेन्स, अध्ययन, अनुसन्धान, व्यावसायिक क्षमता निर्माण र नवीन नीति निर्देशनको नेतृत्व गर्ने एवं National Resource Center तथा Center of Excellence को रुपमा विकास गर्ने ।