• भेक्टरजन्य रोगहरूको प्रयोगशाला परीक्षण तथा पुष्टि गर्ने

  • मलेरिया, डेङ्गु, कालाजार, फाइलेरिया, स्क्रब टाइफस, जापानी इन्सेफलाइटिस लगायतका सङ्क्रामक रोगहरूको परीक्षण गर्ने

  • बिरामी तथा भेक्टरसम्बन्धी नमुना संकलन, प्रशोधन, संरक्षण तथा विश्लेषण गर्ने

  • प्रयोगशालाको गुणस्तर सुनिश्चितता तथा गुणस्तर नियन्त्रण कायम गर्ने

  • प्रयोगशाला उपकरण तथा मेसिनहरूको सञ्चालन, मर्मत तथा क्यालिब्रेसन गर्ने

  • रोग निगरानी तथा प्रकोप अनुसन्धानमा सहयोग गर्ने

  • इन्टोमोलोजिकल तथा माइक्रोबायोलोजिकल परीक्षण गर्ने

  • प्रयोगशालामा जैविक सुरक्षा तथा जैविक संरक्षणका मापदण्ड पालन गर्ने

  • रसायन, रिएजेन्ट, टेस्ट किट तथा प्रयोगशाला सामग्री व्यवस्थापन गर्ने

  • परीक्षण प्रतिवेदन तयार गर्ने तथा अभिलेख व्यवस्थापन गर्ने

  • अनुसन्धान तथा प्रमाणमा आधारित अध्ययनमा सहयोग गर्ने

  • फिल्ड टोली तथा निगरानी टोलीसँग समन्वय गरी नमुना परीक्षण गर्ने

  • जनस्वास्थ्य आपतकालीन अवस्था तथा रोग प्रकोपमा प्राविधिक सहयोग गर्ने

  • एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) सम्बन्धी परीक्षण तथा निगरानी गर्ने

  • प्रयोगशाला सम्बन्धी तालिम, अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने

  • जैविक फोहोर व्यवस्थापन तथा संक्रमण रोकथामका उपाय कार्यान्वयन गर्ने

  • बाह्य गुणस्तर मूल्याङ्कन तथा दक्षता परीक्षण कार्यक्रममा सहभागिता जनाउने

  • राष्ट्रिय प्रयोगशाला मापदण्ड, निर्देशिका तथा प्रोटोकल कार्यान्वयन गर्ने

  • Standard Operating Procedure (SOP) तथा प्रयोगशाला म्यानुअल तयार गर्न सहयोग गर्ने

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगशाला तथा अनुसन्धान संस्थासँग समन्वय तथा सहकार्य गर्ने